काठमाडौँ, कात्तिक २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरानमा आयोजित चुनावी सभालाई शुक्रबार सम्बोधन गर्दै जनता समाजवादी पार्टी (जसपा) मंसिरको निर्वाचनपछि पनि राष्ट्रिय पार्टी रहने बताएका छन् ।
‘जसपा यसपल्ट राष्ट्रिय पार्टी नै कायम रहन्छ । लोसपा हामीसँग अलिक समय थियो, ककसको इशारामा के के भयो, कसो भयो उहाँहरुले जान्ने कुरा भयो, छोडेर गठबन्धनतिर लाग्यो’, ओलीले भने, ‘दिन दशा विग्रिएपछि त्यस्तै हुँदोरहेछ १ गठबन्धनतिर लाग्यो अव राष्ट्रिय पार्टी रहँदैन । एउटा दुइटा सिट आयो भने सारै ठुलो कुरो । र, राष्ट्रिय पार्टी लोसपा बन्दैन । दशा लाग्यो ।’
ओलीले राप्रपाको पनि भविष्यवाणी गरे । ‘राप्रपा बाठो रहेछ । समयमा बुद्धि पुर्याएर ठ्याक्क समयमा आएर’, ओलीले प्रशंसा गरे । उनले एमालेसँग लड्न सक्ने हैसियतको कुनै पार्टी नै नेपालमा नभएको भन्दै कांग्रेससँग विचार र संगठन सकिएको दावी पनि गरे ।




