राप्रपाले आज काठमाडौंमा आमसभा गर्ने, मनिषा कोइरालाले सम्बोधन गर्ने

`

     २०७९ कार्तिक २५ गते ८:००

२५ कार्तिक २०७९, शुक्रबार,काठमाडौं । आउँदो मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै प्रचारप्रसारलाई तीव्रता दिएको राप्रपाले काठमाडौंमा आमसभा गर्न लागेको छ । राप्रपाले आज (शुक्रबार) काठमाडौंमा आमसभा गर्ने भएको हो । काठमाडौंको वसन्तपुरमा उपत्यकास्तरीय चुनावी सभा गर्न लागिएको पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरू र अभिनेत्री मनिषा कोइरालाले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उम्मेदवारहरूले मतदानका लागि सामुहिक अपिल गर्ने कार्यक्रम छ । देशका १४२ प्रतिनिधिसभा र २८६ प्रदेश सभा क्षेत्रमा उम्मेदवारी दिएको राप्रपा सबैभन्दा बढी उमेदवार उठाउने एमाले पछिको दोस्रो दल हो । राप्रपाले यसअघि गोरखाको पालुङटार, नवलपुरको डण्डा, नवलपरासीको सुनवल र पाल्ही नन्दनमा चुनावीसभा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?