काठमाडौँ, कार्तिक २४ । नेपाल चेम्बर अफ कमर्सले पनि बैंकको ब्याजवृद्धि विरुद्धको आन्दोलन स्थगित गरेको छ ।
चेम्बरले एक विज्ञप्ति जारी गर्दै चेम्बरले जिल्ला र नगर चेम्बर अफ कमर्स लगायत संस्थालाई ब्याजदर वृद्धिविरुद्धको आन्दोलन निर्वाचनसम्म स्थगित गर्न आग्रह गरेको हो ।
चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुलुक प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा होमिएको छ । निर्वाचन लगत्तै आफ्नो शान्तिपूर्ण संघर्षका कार्यक्रमलाई पनि जारी राख्दै नयाँ सरकारसँग वार्तामार्फत् समस्या समाधानका लागि चेम्बरले पहल गर्ने छ ।’




