काठमाडौँ, कात्तिक २४ । सरकारले ३० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स सोझै बिक्री गर्ने भएको छ । कात्तिक २५ गते बिक्री गर्ने गरी सरकारले नेपाल राष्ट्र बैंकमार्फत बिहीबार दिउँसो २ बजे ट्रेजरीको बोलकबोल गर्ने भएको हो । नेपाल सरकारको उक्त ट्रेजरी बिल्सको सोझै खरिद बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।
सूचना अनुसार इच्छुक खरिद कर्ताले काउण्टर पार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाण बराबरको मूल्यसहित प्रस्ताव गर्नुपर्नेछ । खरिदकर्ताले न्यूनतम ५ करोड वा ५ करोडले भाग गर्दा निःशेष भाग जाने रकमसम्मका लागि माग गर्न सक्नेछ ।




