सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य बढ्यो

`

     २०७९ कार्तिक २४ गते ११:२७

काठमाडौँ, कात्तिक २४ । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?