नेप्सेमा ३९.१५ अङ्कको गिरावट

`

     २०७९ कार्तिक २३ गते ३:४१

२३ कात्तिक, काठमाडौं । आज बजार परिसूचक नेप्से ३९.१५ अंकले गिरावट भएर १९१७.२२ अंकमा बन्द भएको छ ।

नेप्सेमा उच्च गिरावट भएपनि कारोबार रकम भने बढेको छ । बुधबार भने बढेर १ अर्ब ४० करोड नाघको छ । ३६ लाख ९७ हजार ७२३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४० करोड ७३ लाख ९५ हजारको कारोबार भएको छ ।

जसमध्ये नेस्डो समृद्धि लघुवित्तको सर्वाधिक ६ करोड ७८ लाख २८ हजारको कारोबार हुँदा शिवम् सिमेन्टको ६ करोड ८ लाख ४९ हजार र हिमालयन डिस्टिलरीको ५ करोड १० लाख ११ हजारको कारोबार भएको छ ।

बुधबार बजारमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १८१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ भने ४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?