एजेन्सी, २३ कार्तिक । अज्ञात बन्दुकधारीहरूले यमनको उत्तरपूर्वीमा पर्ने तेलको धनी प्रान्त मारिबमा मङ्गलबार एक जनरलको गोली हानी हत्या गरेको एक सुरक्षा अधिकारीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।
सरकार नियन्त्रित प्रान्त मारिबमा मास्क लगाएका बन्दुकधारीहरूले आफ्नो स्वचालित राइफलबाट गोली हानेर जनरल मोहम्मद अल–जरादी र उहाँका अंगरक्षकको हत्या गरेका एक अधिकारीले नाम नबताउने सर्तमा जानकारी दिएका छन् ।
अल–जरादी सहरमा आफ्नु कार्यबाट फर्कदै गर्दा बन्दुकधारीहरुले उनलाई बोकेको सैन्य गाडीमा बन्दुक प्रहार गरेका नाम बताउन नचाहाने ती अधिकारी जानकारी दिएका हुन् ।




