दक्षिण कोरियामा २४ घण्टामा ६२ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

`

     २०७९ कार्तिक २३ गते १२:४२

काठमाडौँ, कात्तिक २३ । दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरूको सङ्ख्या बढेको यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीअनुसार गएको २४ घण्टा यता यहाँ ६२ हजार जना भन्दा बढी सङ्क्रमित भेटिएका छन् ।

यहाँ गएको २४ घण्टा यता ६२ हजार चार सय ७२ जना सङ्क्रमित थपिएका छन् । अघिल्लो दिन अर्थात् सोमबार यहाँ ६२ हजार दुई सय ७३ जना रहकामा मङ्गलवार ती सङ्क्रमित थपिएका हुन् ।

यहाँ कोभिड महामारी सुरु भएयता २ करोड ५९ लाख ८१ हजार जना भन्दा बढी सङ्क्रमित भेटिएका समाचारमा जनाइएको छ ।

यहाँ पछिल्लो दिनमा ५९ जनाको यही सङ्क्रमणबाट ज्यान गएको छ । दक्षिण कोरियामा अहिलेसम्म कोभिडको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २९ हजार चार सयभन्दा बढी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?