काठमाडौँ-५ को चुनावी प्रतिष्पर्धामा ईश्वर पोखरेल र प्रदीप पौडेलमा कसलाई सहज ?

`

     २०७९ कार्तिक २१ गते ८:२०

काठमाडौँ,कार्तिक २१ सोमबार । निर्वाचन आयोगले प्रचारप्रसार खुला गरे सँगै काठमाडौँ क्षेत्र नं ५ मा पनि उम्मेदवार मतदाताकाका घरदैलोमा आ आफ्ना चुनावी प्रतिवद्धता सहित पुगेका छन् । निर्वाचनको प्रचारप्रसारले यो क्षेत्रमा पनि अहिले चहलपहल बढेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मत माग्न उम्मेदवार मतदाताको घरदैलोमा पुगिरहेका हुन् ।

मङ्सिर ४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि काठमाडौँ ५ मा नेकपा एमालेकातर्फ बाट उम्मेदवार पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट पोखरेल चुनावी मैदानमा छन् भने पौडेललाई गठबन्धनको समर्थन रहेको छ । सो निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरका चार, बूढानीलकण्ठ नगरपालिकाका ५ र टोखा नगरपालिकाका ६ वडा समेटिएका छन् । यो क्षेत्रभित्र काठमाडौँ महानगरका २,३,४,५, बूढानीलकण्ठ नगरपालिकाका ३,४,५,६,७ र टोखा नगरपालिकाका २,३,४,५,६,७ वडा रहेका छन् ।

सो क्षेत्रमा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा १५ वडामा एमालेले ११, कांग्रेसले ३ र स्वतन्त्र एउटा वडामा विजयी भएका छन् । स्थानीय तहको चुनावको परिणामलाई हेर्दा एमालेका वडाध्यक्षले कूल १७ हजार ९५२, कांग्रेसका वडाध्यक्षले १२ हजार पाँच मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीले एक हजार ८३९ र माओवादी केन्द्रले ७२० मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनमा आबद्ध तीन दलले प्राप्त गरेको मतभन्दा एमाले तीन हजार ३८८ मतान्तरले अगाडि देखिन्छ । विसं २०७४ निर्वाचनमा एमालेका उम्मेदवार इश्वर पोखरेल र कांग्रेसका प्रकाशशरण महत बिच भएको प्रतिस्पर्धामा पोखरेल विजयी भएका थिए । सो क्षेत्रमा अहिले एमाले एक्लै चुनावी मैदान रहेकोले गठबन्धनको साथले कांग्रेस चुनाव जित्ने दाउमा छ भने पोखरेल आफ्नो जितलाई कायम राख्ने कसरतमा हुनुहुन्छ ।

निर्वाचन क्षेत्र नं ५ मा ३१ मतदानस्थल र ८१ मतदान केन्द्रबाट कूल ७० हजार नौ सय १९ मतदाता रहेका छन् । जसमध्ये महिला ३७ हजार एक सय २५ र पुरुष ३३ हजार सात सय ९१ मतदाता रहेका छन् । यस निर्वाचन क्षेत्रमा काँग्रेस र एमालेका उम्मेदवार बाहेक चर्चित स्वतन्त्र उम्मेदवार पनि रहेका छन् । चुनावी मैदानमा रन्जु दर्शना, श्री गुरुङ, हेमराज थापा जस्ता उम्मेदवारले दलका उम्मेदवारलाई यो क्षेत्रबाट चुनौती दिएका छन् । त्यस्तै यस क्षेत्रमा राष्ट्र्रिय स्वतन्त्र पार्टीबाट डा। प्रणय शमशेर राणा उम्मेदवार बनेका छन् भने राप्रपाबाट राम प्रसाद उप्रेती उम्मेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?