गोरखा,कात्तिक १८ । गोरखा २ का गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखामा आफ्नो प्रतिस्पर्धी नै नभएको बताएका छन् । शुक्रवार बेलुका गोरखा संग्राहलयमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले मतदातासँग भेट्दा आफ्नो प्रतिस्पर्धी नै नभेटेको बताए ।
प्रचण्डले भने ‘मेरो प्रतिस्पर्धी पत्ता लगाउन पनि सकेको छैन । देखेको पनि छैन । जहाँ गएँ । अस्ति ४४ वटा भेटघाट गरियो । आज पाँच ठाउँमा कोणसभा ग¥यौं । यो सबै कार्यक्रममा जाँदा प्रतिस्पर्धी भएजस्तो लागेको छैन । खाली परिणाम असाधारण उचाइमा लैजान भन्ने कुरामा यहाँको जनतासँग भेटघाटमा निरन्तर छु,’।




