दक्षिण कोरियाको राजधानीमा हालविन इभ मनाउने क्रममा भागदौड मच्चिँदा कम्तीमा १ सय ५१ जनाको मृत्यु

`

     २०७९ कार्तिक १३ गते ८:५९

काठमाडौं,कात्तिक १३,आईतबार । दक्षिण कोरियामा शनिवार राति हालविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा मच्चिएको भागदौडमा १ सय ५१ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा कम्तीमा पनि १ सय ५१ जनाको मृत्यु भएको हो ।

कोरोना महामारीका कारण तीन वर्षसम्म हालविन इभ मनाउन नपाएका हजारौँ कोरियाली युवायुवती यसपालि निकै उत्साहका साथ सडकमा निस्केर इभ मनाइरहेका थिए । मध्यरातमा भएको भागदौडबाट ज्यान गुमाउनेमध्ये धेरैजसो युवायुवती नै रहेका खबरमा उल्लेख छ । ज्यान गुमाउनेमध्ये दुई जना विदेशी नागरिक पनि रहेका छन् । भागदौड किन मच्चियो भन्ने खुलेको छैन ।कोरियाली सरकारले घटनाको छानबिन गर्न एक समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?