सशस्त्र प्रहरीको ट्रक दुर्घटनामा परि मृत्यु हुनेको संख्या ४ पुग्यो

`

     २०७९ कार्तिक ०५ गते ९:०८

कपिलवस्तु, कार्तिक ५ । जितपुर–तौलिहवा सडक खण्डअन्तर्गत शुक्रबार साँझ ८ बजेतिर वाणगंगा नगरपालिका–३, सिउटीमा साइकल यात्रु बचाउने क्रममा ट्रक दुर्घटनामा भएको थियो । पिपराबाट तौलिहवा आउँदै गरेको सशस्त्र प्रहरीको ना १ ग ५५४ नम्बरको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका दुई सशस्त्र प्रहरीका हबल्दार रमेश चौधरी र जवान जनक चौधरीको भैरहवा मेडिकल कलेजमा उपचार गराउँदा गराउँदै शुक्रबार राति साढे ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मिनबहादुर घलेले बताए । यसअघि हिजै ट्रक चालक सशस्त्रका सहायक हबल्दार रमेश चौधरी र स्थानीय अमर संग्रामीको मृत्यु भएको थियो । चालक र स्थानीयको जीतपुरमा उपचार गराउँदा गराउँदै मृत्यु भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते दुई सशस्त्र र एक जना नेपाल प्रहरीको उपचार भैरहवास्थित मेडिकल कलेजमा भईरहेकोछ । शुक्रबार स्थापना भएको क्षेत्र नं। १ मा निर्वाचन सुरक्षा बेसका लागि सशस्त्र प्रहरीलाई छाडेर सशस्त्रको गण कार्यालय फर्कने क्रममा ट्रक दुर्घटनामा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?