शाहरुख र सलमान लाई पछि पार्दै अल्लु अर्जुनको ‘पुष्पा-२’ घोषित बन्यो सबैभन्दा बहुप्रतीक्षित ‘हिन्दी’ फिल्म

`

     २०७९ कार्तिक ०४ गते ८:१३

काठमाडौं, कात्तिक ४ गते । एक नयाँ विवरणअनुसार शाहरुख खान र सलमान खानजस्ता हेभिवेट कलाकारका फिल्मलाई उछिन्दै एक दक्षिण भारतीय फिल्म सबैभन्दा प्रतीक्षित फिल्म घोषित भएको छ । उक्त विवरणले अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा : द रुल’लाई सबैभन्दा प्रतीक्षित हिन्दी फिल्मको शीर्षस्थानमा राखेको छ । अल्लु अर्जुन, फहदा फैसल र रश्मिका मन्दाना स्टारर फिल्म ‘पुष्पा : द रुल’ सन् २०२१ मा रिलिज भएको ब्लकबस्टर फिल्म ‘पुष्पा : द राइज’कै दोस्रो श्रृंखला हो । ओरम्याक्स मिडियाले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । डिसेम्बर २०२२ पछि प्रदर्शनको तयारीमा रहेका फिल्मलाई लिएर यस्तो विवरण सार्वजनिक भएको हो ।

पुष्पा-२ को ट्रेलर अहिलेसम्म रिलिज भएको छैन । हिन्दी फिल्मका लागि आउँदै गरेको १२ महिना ठूलो बजेट र स्टारले भरिएका लाइनअपले खचाखच हुनेछ । अपेक्षा ठूलो छ र प्रशंसक तथा फिल्मकर्मी बलिउडलाई पुनर्जीवन दिने आशामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?