काठमाडौँ, आश्विन २८ । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था जटिल रहेको छ ।
१०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि अहिले सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ ।
यसका साथै मुटुको चालमा पनि समस्या रहेको छ । उनको हालको मुख्य समस्या नै स्याचुरेनु (शरीरमा अक्सिजनको मात्रा) शरिरको आवश्यकता अनुसार कायम नहुनु देखिएको छ ।




