काठमाडौं, असोज २८ । शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
सुनको मूल्य प्रतितोला १ सयले घटेर ९४ हजार २ सय रूपैयाँमा बाट ९४ हजार १ सय रूपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ रूपैयाँले घटेको छ। बिहीबार एक हजार एक सय ९० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार एक सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।




