काठमाडौँ, असोज १४ । आज सुनको मूल्यमा वृद्धि भएको छ ।
अघिल्लो दिन प्रतितोला १२ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप २ सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँ पुगेको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत आज तोलामा २ सय रुपैयाँले नै बढ्दै ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य स्थिर रहदै प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




