डेंगु नियन्त्रणमा सरकारले काम गर्न नसकेको थापाको आरोप

`

     २०७९ आश्विन १४ गते १०:२०

काठमाडौँ, आश्विन १४ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै डेंगु नियन्त्रणमा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

‘डेंगु नियन्त्रणमा सरकारले काम गर्न सकेन । यो सरकारले जसरी काम गर्नुपर्ने थियो, त्यसरी काम गर्न सकेन । यसमा मेरो ठूलो असन्तुष्टि छ‚’ उनले भने‚ ‘मैले प्रधानमन्त्रीलाई भेटेर पटक-पटक भनेको छुस योबेलामा सरकारको जिम्मेवारी हो, जनताको जीउधनको रक्षा गर्ने ।’

कोभिड-१९ नियन्त्रण गर्न नसकेको भन्दै ओली नेतृत्वको सरकारलाई दोष लगाएको तर आफ्नै सरकार हुँदा पनि डेंगु नियन्त्रण गर्न नसकेको आरोप लगाएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?