आज बस्ने सत्ता गठबन्धन बैठकले भागबन्डा टुङ्ग्याउँछ : जसपा

`

     २०७९ आश्विन १३ गते ११:४६

काठमाडौँ, असोज १३ । सत्ता गठबन्धन दलमा प्रतिनिधिसभातर्फका क्षेत्रको सिट बाँडफाँटमा सहमति भएको कुरा बाहिर आएको छ । पाँचवटै दलको बीचमा सहमति भइ सीट बाँडफाँट भएको भन्दै कसको भागमा कुन क्षेत्र परेको हो भन्ने कुरा बाहिर आएको हो । तर गठबन्धनको साझेदार दल जनता समाजवादी पार्टी नेपालले सीट बाँडफाँटको संख्या आधिकारिक रुपमा आउन बाँकी रहेको बताएको छ ।

गठबन्धनको बैठकमा सहभागी भइरहने जसपाका कार्यकारिणी सदस्य मनिष सुमनले भने, ‘अहिले सहमति नै भएको छैन, गठबन्धनमा छलफल जारी छ, छलफलबाट टुगों लागेपछि आउने लिस्ट नै आधिकारिक हुन्छ ।’ धेरै सिटमा सहमति भइसके पनि केही सिटमा दोहोरो, तेहरो दावी रहेको कारण सहमति हुन नसकेको उनको भनाइ छ ।

आज बस्ने बैठकले त्यसलाई पनि टुंगो लगाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?