नेप्सेमा सामान्य वृद्धि

`

     २०७९ आश्विन १२ गते ३:४८

काठमाडौं, असोज १२ । नेप्से आज ६.४१ अंकले बढेको हो । वृद्धि संगै नेप्से १८३७.४६ बिन्दुमा पुगेर बन्द भएको छ।

यस दिन २२१ वटा धितोपत्रको ४८ करोड ५४ लाख ८ हजार ७६८ रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.२० प्रतिशतले वृद्धि भएर ३७४ रुपैयाँमा बन्द भएको छ।

त्यस्तै, अभियान लघुवित्तको सेयर मूल्य ८.१९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य ३९८ रुपैयाँ ९० पैसा पुगेको छ।

यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा ग्लोबल आइएमई ब्यालेन्स फण्ड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?