काठमाडौँ, असोज १२ । राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्रले आफुलाई तराजु छोडेर हलो बोक्न कुनै लाज नहुने बताएका छन् ।
आफु राप्रपा प्रवेश गर्न लाग्दा कतिपयले तराजु छाडेर हलो बोक्न लाग्नुभयो भन्दै प्रश्न गरिएको भन्दै देशमा ६० प्रतिशत नेपाली जनता कृषि कर्ममा हलो बोक्ने भएकाले आफुलाई पनि तिनै किसानको हलो बोक्न कुनै लाज नहुने बताए ।




