नाइजेरियामा बाढी परि २३ को मृत्यु

`

     २०७९ आश्विन १२ गते १:१२

एजेन्सी, १२ आश्विन । नाइजेरियामा आएको भिषण बाढीमा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको बताइएको छ ।

साथै सो बाढीका कारण अरु कम्तीमा पनि १ लाख १६ हजार जना विस्थापित भएका छन् ।

यस वर्षको मनसुनी वर्षाका कारण ती नागरिक विस्थापित हुन पुगेका बताइएको छ ।

नाइजेरियाको मध्य प्रान्त बेन्युमा बाढीले बढी मात्रामा क्षति पुगेको जनाएको छ ।

यहाँका सयौँ हेक्टर जमिनमा लगाइएको बाली पनि बाढीले नष्ट गरिदिएकाले यहाँका नागरिकहरुलाई बासका साथै खाद्यान्नको पनि आवश्यकता परेको बताइएको छ ।

अधिकारीहरुले बाढीले यहाँका करिब पाँच हजार घर भत्काइदिएकाले दशौँ हजार नागरिक अस्थायी शिविरमा बस्दै आएका पनि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?