काठमाडौँ, असोज १२ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुुसार आज सुनको मूल्य प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको जनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर ११ सय ४५ रुपैयाँ कायम भएको जनाएको छ ।




