साउदी अरबको प्रधानमन्त्रीमा मोहम्मद बिन सलमान

`

     २०७९ आश्विन १२ गते ९:०६

काठमाडौँ, १२ असोज । साउदी अरबका राजा सलमान बिन अब्दुलाजिजले आफ्ना छोरा तथा उत्तराधिकारी युवराज मोहम्मद बिन सलमानलाई देशको प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

उनी यसअघि रक्षामन्त्री थिए । राजा सलमानले आफ्ना दोस्रो छोरा राजकुमार खालिद बिन सलमानलाई रक्षामन्त्री बनाएका छन् । उनी यसअघि उपरक्षामन्त्री थिए ।

यो परिवर्तनमा अर्का छोरा राजकुमार अब्दुलाजिज बिन सलमानलाई ऊर्जा मन्त्री नियुक्त गरिएको छ । साउदी अरेबियाको आधिकारिक समाचार एजेन्सी एसपीएले मंगलबार एक शाही आदेश जारी गर्दै राजा सलमानले यो घोषणा गरेको जनाएको छ । यो आदेश अनुसार विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउद, वित्तमन्त्री मोहम्मद अल जदान र लगानी मन्त्री खालिद अल फलिह आफ्नो पुरानो पदमा कायम छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?