" /> वामपन्थी ४ दलले सार्वजनिक गरे सङ्घर्षका कार्यक्रम - Sarbocha Media

वामपन्थी ४ दलले सार्वजनिक गरे सङ्घर्षका कार्यक्रम

`

     २०७९ आश्विन १० गते ५:१०

काठमाडौँ, असोज १० । आसन्न निर्वाचन बहिष्कार घोषणा गरेका ४ वामपन्थी राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

निर्वाचन बहिष्कार घोषणा गरेका नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपालले सोमबार संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

महंगी, बेरोजगारी, उपभोग्य वस्तुको अभाव, भ्रष्टाचार, कोभिड, डेंंगुलगायतका रोगब्याधी झेलिरहेका नेपाली जनतामाथि थोपरिएको निर्वाचन बहिष्कार गरेका बताएका उनीहरुले विरोध र संघर्षका कार्यक्रम सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?