काठमाडौँ, ७ आश्विन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधवार ‘देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै’ आंशिक रूपमा सेना परिचालन गर्ने घोषणा गरेका छन् ।
राष्ट्रपति पुटिनको आदेशमा भएको आंशिक सेना परिचालनका क्रममा मानिसहरू रुसबाट पलायन भएको समाचार पनि आइरहेको छ । यसैबीच जर्मनीले रुसी नागरिकहरूलाई आफ्नो देशमा शरण दिने जर्मनीका अधिकारीहरूले बिहीबार सङ्केत गरेका छन् । ‘गम्भीर दमनको खतरामा परेका रुसी जनताले शरण मागेमा अन्तर्राष्ट्रिय नियम अनुसार उनीहरूले जर्मनीमा सुरक्षा प्राप्त गर्न सक्ने छन्’, गृहमन्त्री न्यान्सी फेसरले फ्रैंकफर्टर अल्गेमाइन जेइटुङ पत्रिकासँगको अन्तरवार्तामा बताएका छन् ।
न्यायमन्त्री मार्को बुशम्यानले ‘आंशिक परिचालन’लाई सङ्केत गर्दै ट्विट गर्दै भनेका छन्, ‘धेरै रुसी नागरिकले आफ्नो मातृभूमि छोड्दै छन् । पुटिनको बाटोलाई घृणा गर्ने र उद्धार लोकतन्त्रलाई माया गर्ने जोकोहीलाई जर्मनीमा स्वागत छ ।’




