कपन गुम्बा नजिकै ठुलो बिष्फोट साथै भीषण आगलागी

`

     २०७९ आश्विन ०५ गते ७:३३

सर्बोच्च संवाददाता

काठमाडौं,असोज ५ । काठमाडौंको कपन गुम्बा नजिकै भीषण आगलागी भएको छ । कपन गुम्बाभन्दा तल आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

भीषण आगलागी निभाउनका लागि सुरक्षाकर्मी र दमकल परिचालन गरिएको छ । आगो कसरी शुरु भयो भन्नेबारे यकिन गर्न नसकिएको घटनास्थलमा खटिएका एकजना सुरक्षा अधिकृतले सर्बोच्च संवाददातालाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?