तमलोपाद्वारा राष्ट्रपतिको राजीनामा माग

`

     २०७९ आश्विन ०५ गते १२:५१

काठमाडौँ, आश्विन ५ । तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा) ले नागरिकता विधेयक प्रमाणीकरण नगरेकाले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ ।

तमलोपा अध्यक्ष वृषेशचन्द्र लालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानको घोर उल्लंघन र आफ्नै देशको जनताविरुद्ध षडयन्त्र गर्ने व्यक्ति कुनै पनि दृष्टिले राष्ट्रपति पदको निमित्त एक क्षणको लागि पनि योग्य हुन सक्दैन । हामी राष्ट्रपति विद्या भण्डारीको तत्काल राजीनामाको माग गर्दछौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?