सुन चाँदीको मूल्यमा गिरावट

`

     २०७९ आश्विन ०५ गते १२:३९

काठमाडौँ, असोज ५ । आज सुन चाँदीको मूल्यमा गिरावट आएको छ ।

आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ३ सय रुपैयाँ, तेजावी सुनको ९० हजार ८ सय र चाँदीको मूल्य ११ सय ७० रुपैयाँ प्रतितोला तोकिएको छ ।

तोलामा ५ रुपैयाँले बढेर ११ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पनि बुधबार घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?