नागरिकता विधेयक रोक्न सर्वोच्चमा परेको रिट आज सुनुवाइ हुन सकेन

`

     २०७९ आश्विन ०४ गते ३:२४

काठमाडौँ, ४ आश्विन । नागरिकता विधेयक प्रमाणीकरण गर्नमा रोक लगाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

संसदबाट दोस्रोपटक राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पुगेको उक्त विधेयक प्रमणीकरण गर्न रोक आदेश जारी हुनुपर्ने माग राखी वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले रिट दर्ता गरेका हुन् ।

बिहीबार नै रिट दर्ता भएको र आज आज मंगलबारका लागि सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्माको एकल इजलासमा पहिलो पेशीमा चढेको थियो । शर्माले हेर्न नमिल्ने भन्दै सुनुवाइ स्थगित गरेपछि उक्त रिट रिटमाथि आज सुनुवाइ हुन सकेन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?