सरोज खनालकै कारण अमेरिकाले कलाकारलाई भिसा नदिने सन्तोष सेनको आरोप

`

     २०७९ आश्विन ०४ गते १२:३८

काठमाडौँ, असोज ४ । ‘प्रेम गीत ३’ निर्माता सन्तोष सेनले अमेरिकामा कलाकार लुक्ने ट्रेन्ड बसाल्ने कलाकार सरोज खनाल भएको आरोप लगाएका छन् । सरोजकै कारण अहिले अमेरिकाले राम्रो कामका लागि पनि कलाकारलाई भिषा नदिने गरेको उनको दाबी छ ।

केही दिन अगाडि ‘प्रेम गीत ३’ युनिटले राजधानी आयोजना गरेको पत्रकार भेटघाटमार्फत चलचित्र विकास बोर्ड र अध्यक्ष भुवन केसीको आलोचना गर्दा सरोज भुवनको बचाउमा उत्रिएका थिए । त्यसपछि निर्माता सेन सरोजसँग आक्रोशित बनेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?