काठमाडौं, २ आश्विन, आइतबार । इनटरपोलको ९०औं महासभामा सहभागी हुन नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह नयाँ दिल्ली जाने भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले महानिरिक्षक सिंहलाई आगामी कात्तिक १ देखि ४ गतेसम्म नयाँ दिल्लीमा हुने इनटरपोलको ९० औं महासभामा स्वीकृत दिने निर्णय गरेको छ ।
महासभामा सहभागी हुन मन्त्रिपरिषद्ले अनुमति दिएसँगै महानिरीक्षक सिंहले महासभामा के–के मुद्दा उठाउलान् भन्ने चासोको विषय बनेको छ । महानिरीक्षक सिंहले नेपालमा समेत अपराधका अन्तर्राष्ट्रिय गिरोहहरूले चलखेल गर्न सक्ने र त्यसविरुद्ध विशेष योजना बनाइनुपर्ने विषय राख्ने बुझिएको छ ।




