काठमाडौँ, २ असोज । पुनर्जागरण पार्टीको २०७९ भाद्र २७ गतेको केन्द्रिय समितिको बैठकले पार्टीको केन्द्रिय महामन्त्रीमा समाजसेवि तथा युवा ब्यवसायी एवम युवा माझमा लोकप्रिय ब्यक्तित्व दिनेश राईलाई चयन गरेको छ ।
लामो समय देखी राजनितिक आन्दोलनमा सकृय ब्यक्तित्व दिल बहादुर राई ‘दिनेश’ पार्टीको महामन्त्री भएपछी पार्टीका युवा साथिहरु थप उत्साहित बनेका छन ।
प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनमा सहभागी हुने गरी तयारी गरिराखेको पुनर्जागरण पार्टीले निर्वाचनमा जनताले सम्मानजनक मत दिने र यसमा नवनियुक्त महामन्त्री दिल बहादुर राईको भूमिका महत्वपुर्ण हुने कुरा पार्टी केन्द्रिय सदस्य कामना पौडेलले जानकारी गराउनु भयो ।




