तनहुँ जिल्ला अदालतले पल शाहको मुद्दामा आज सुनुवाइ गर्दै

`

     २०७९ आश्विन ०२ गते ८:२७

काठमाडौँ, २ आश्विन । अभिनेता पल शाहको मुद्दामा आज तनहुँ जिल्ला अदालतले सुनुवाइ गर्ने भएको छ । यसअघि भदौ १५ गते नै सुनुवाइ हुने भनिए पनि आज को लागि पेशी सरेको थियो ।

यसअघि सोही मुद्दामा नवलपुर जिल्ला अदालतले भदौ २१ गते पल शाहलाई बलात्कार मुद्दामा शाहलाई सफाइ दिएको थियो । तर सो अदालतले बलात्कार नभनेर ‘यौन दुरुपयोग’ भन्दै २ वर्ष ६ महिना कैद सजाय, १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना फैसला सुनाएको थियो ।

आज अर्को अर्थात तनहूँ जिल्ला अदालतबाट अभिनेता शाहलाई विनाधरौटीमा छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्नेबारे फैसला आउन सक्ने शाहका वकिलले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?