राष्ट्रिय सभाका अध्यक्ष प्रसादद्वारा बन्द रहेका चिनियाँ नाका खोल्न आग्रह

`

     २०७९ भाद्र २८ गते १:४३

काठमाडौँ, २८ । नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकांग्रेसका अध्यक्ष लि चान्सु र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच संसद् भवन नयाँ बानेश्वरमा मंगलबार बिहान भेटवार्ता भएको छ ।

प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार भेटमा अवसरमा दुवै देशको भौगोलिक अखण्डता, शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमिकताको सम्मान गर्दै विगतमा दुवै देशको बीचमा भएका सरसहयोग र घनिष्ठ सम्बन्धको चर्चा भएको थियो । आगामी दिनमा आपसी हितका विषयमा काम गर्ने, संसदीय सहयोग आदान प्रदान गर्ने र उच्च स्तरीय भ्रमण गर्ने विषयमा छलफल भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?