ली चाङ्सु र एमाले अध्यक्ष ओलीबिच वार्ता

`

     २०७९ भाद्र २८ गते १२:०४

काठमाडौंँ, २८ भदौ । चिनियाँ सभामुख ली चाङ्सु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुबै नेताबीच टोलीसहित आज बिहान १० बजेतिर वार्ता भएको हो ।

सङघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको एमाले पार्टी कार्यालयले जनाएको छ । भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ । भेटमा एमालेका तर्फबाट अध्यक्ष ओलीसँगै नेताहरु अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, डा राजन भट्टराई, अन्जान शाक्यलगायत सहभागी थिए ।

तीनदिने भ्रमणका लागि सोमबार काठमाडौँ आइपुगेका नेता लीले राजनीतिक उच्चस्तरीय भेटघाट जारी राखेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष चान्शु सोमबार काठमाडौँ आएका हुन् । सोमबार दिन सभामुख सापकोटा र अध्यक्ष लीले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?