यो प्राज्ञिक गोष्ठी, विभिन्न जिल्लाको बायुङ राईहरूको उपस्थितिमा सञ्चालित गरिएको सुम्निखिमका केन्द्रीय महासचिव तथा सङ्गठन बिस्तार विभाग प्रमुख युवराज बायुङ राईले बताए । आफ्नो मौलिकता, मातृभाषा  र मौलिक नाम ‘बायुङ’ राईको संरक्षण , विकास, बिस्तार र दस्ताबेजको लागि विशेष गरी व्यक्तिगत रूपमा आर्थिक सहयोग सङ्कलन गरी अहिले सम्म संस्था सञ्चालन गरेको केन्द्रीय कोषाध्यक्ष पार्वती बायुङ राई ‘रिम्वाफुङ’ ले जानकारी दिइन् ।
यो कार्यशाला गोष्ठी त्रिभुवन विश्वविद्यालय केन्द्रीय भाषा शास्त्रको उपप्राध्यापक विज्ञ डा. तारा मनि कोयि राईको उपस्थितिमा सञ्चालन गरिएको थियो । डा. राईको अनुसार  संविधानले व्यवस्था गरे अनुसार मातृभाषाको अधिकार, मातृभाषाको अवस्था, मातृभाषाको विकास गर्ने तरिका र बिस्तार गर्ने उपायहरू बताएका थिए । यो गोष्ठीमा किरात बायुङ सुम्निखिमका केन्द्रीय सल्लाहकार देखि लिएर विभिन्न तह तप्काका सदस्यहरू र शुभेच्छुक बायुङ राईहरूको उपस्थितिका साथ सञ्चालन गरिएको थियो । किरात बायुङ राई सुम्निखिमले २०५८ साल बाट राई जाति बाट चोइटिएर भाषाको नाममा, संस्कारको नाममा, भूगोलको नाममा नयाँ जाती बन्दै जो जो सूचीकरणमा गएका छन् तिनीहरू लाई राई एकतामा ल्याउने काम गरी रहेका छन् । भाषा शास्त्री डा. तारा मनि कोयि राई र भाषा शास्त्री डा. लाल रापाचा भन्नु हुन्छ कि बायुङ राई हरूको मातृभाषा वाम्बुले राई, सुनुवार (कोइच), थुलुङ, जेरुङ भाषासँग नजिक छ ।
सुम्निखिमका केन्द्रीय अध्यक्ष ज्ञान बायुङ राई भन्छन् कि प्रतिष्ठानको विधान अनुसार कुनै पनि हालतमा कुलुङ, खालिङ, बायुङ , जेरुङ, थुलुङ आदि छुट्टै जाति हुन सक्दैनन् । लोक बायुङ राईको अनुसार अब खोज तथा अनुसन्धान विभागले निरन्तर रूपमा लेखन र दस्तावेजीकरणमा  जोड दिनेछ ।
कार्यक्रममा बोल्दै सुम्निखिमका केन्द्रीय सल्लाहकार रसिक किरातले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै स्तरमा शिक्षाले विद्यार्थीको नैसर्गिक ज्ञान, सिप र सिर्जनाको सम्भावना संवोधन गर्ने पाठ्यक्रम नभएकोले सुम्निखिमले मातृभाषाको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्दा पहिचानको जगमा सिप, सिर्जना र सांस्कृतिक उन्नयनको आत्मलाई आत्मसात गरेर काम गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे । उनले मातृभाषाको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्दा शिक्षाले विद्यार्थीको भित्री अथाह सम्भावनालाई कुँज्याएर केवल कारिन्दा उत्पादन गर्ने कारखानाको रूपमा काम गरिरहेको अवस्थालाई ध्यानमा राख्नु पर्ने आवश्यकता औँल्याए । राष्ट्रिय पाठ्यक्रमको वैकल्पिक पाठ्यक्रम बनाउन नसकिए पनि मातृभाषाको शैक्षिक कार्यक्रम निर्माण गर्दा जति सकिन्छ सुधारोन्मुख हुनुपर्ने भाव व्यक्त गरे ।
" /> एक दिने ‘बायुङ राई पाठ्यपुस्तक तथा शब्दकोश तर्जुमा प्राज्ञिक गोष्ठी तथा अन्तर्क्रिया कार्यक्रम’ सम्पन्न - Sarbocha Media

एक दिने ‘बायुङ राई पाठ्यपुस्तक तथा शब्दकोश तर्जुमा प्राज्ञिक गोष्ठी तथा अन्तर्क्रिया कार्यक्रम’ सम्पन्न

`

     २०७९ भाद्र २६ गते ६:०२
काठमाडौँ, भाद्र २६ । यही मिति २०७९ भाद्र  २५ , शनिवारको दिन किरात बायुङ राई सुम्निखिमले खोज तथा अनुसन्धान विभाग अन्तर्गत रही एक दिने ‘बायुङ राई पाठ्यपुस्तक तथा शब्दकोश तर्जुमा प्राज्ञिक गोष्ठी तथा अन्तर्क्रिया कार्यक्रम’ सञ्चालन गरेको छ । कार्यक्रम किरात राई यायोक्खाको कार्यालय कोटेश्वर, काठमाडौँमा सम्पन्न गरिएको हो ।
पछिल्लो समयमा मौलिकता, मातृभाषा र संस्कार हराउँदै अनि लोप हुँदै गएको हुनाले यसको संरक्षण , प्रवर्द्धन र विकास गर्नु पर्ने अपरिहार्य भएको सुम्निखिमका केन्द्रीय अध्यक्ष ज्ञान बायुङ राईले बताए । गत साल पनि प्राज्ञिक गोष्ठी सञ्चालन गरिएको किरात बायुङ राई सिम्निखिमका केन्द्रीय सदस्य एवम् खोज तथा अनुसन्धान विभाग प्रमुख लोक बायुङ राईले जानकारी दिए ।
यो प्राज्ञिक गोष्ठी, विभिन्न जिल्लाको बायुङ राईहरूको उपस्थितिमा सञ्चालित गरिएको सुम्निखिमका केन्द्रीय महासचिव तथा सङ्गठन बिस्तार विभाग प्रमुख युवराज बायुङ राईले बताए । आफ्नो मौलिकता, मातृभाषा  र मौलिक नाम ‘बायुङ’ राईको संरक्षण , विकास, बिस्तार र दस्ताबेजको लागि विशेष गरी व्यक्तिगत रूपमा आर्थिक सहयोग सङ्कलन गरी अहिले सम्म संस्था सञ्चालन गरेको केन्द्रीय कोषाध्यक्ष पार्वती बायुङ राई ‘रिम्वाफुङ’ ले जानकारी दिइन् ।
यो कार्यशाला गोष्ठी त्रिभुवन विश्वविद्यालय केन्द्रीय भाषा शास्त्रको उपप्राध्यापक विज्ञ डा. तारा मनि कोयि राईको उपस्थितिमा सञ्चालन गरिएको थियो । डा. राईको अनुसार  संविधानले व्यवस्था गरे अनुसार मातृभाषाको अधिकार, मातृभाषाको अवस्था, मातृभाषाको विकास गर्ने तरिका र बिस्तार गर्ने उपायहरू बताएका थिए । यो गोष्ठीमा किरात बायुङ सुम्निखिमका केन्द्रीय सल्लाहकार देखि लिएर विभिन्न तह तप्काका सदस्यहरू र शुभेच्छुक बायुङ राईहरूको उपस्थितिका साथ सञ्चालन गरिएको थियो । किरात बायुङ राई सुम्निखिमले २०५८ साल बाट राई जाति बाट चोइटिएर भाषाको नाममा, संस्कारको नाममा, भूगोलको नाममा नयाँ जाती बन्दै जो जो सूचीकरणमा गएका छन् तिनीहरू लाई राई एकतामा ल्याउने काम गरी रहेका छन् । भाषा शास्त्री डा. तारा मनि कोयि राई र भाषा शास्त्री डा. लाल रापाचा भन्नु हुन्छ कि बायुङ राई हरूको मातृभाषा वाम्बुले राई, सुनुवार (कोइच), थुलुङ, जेरुङ भाषासँग नजिक छ ।
सुम्निखिमका केन्द्रीय अध्यक्ष ज्ञान बायुङ राई भन्छन् कि प्रतिष्ठानको विधान अनुसार कुनै पनि हालतमा कुलुङ, खालिङ, बायुङ , जेरुङ, थुलुङ आदि छुट्टै जाति हुन सक्दैनन् । लोक बायुङ राईको अनुसार अब खोज तथा अनुसन्धान विभागले निरन्तर रूपमा लेखन र दस्तावेजीकरणमा  जोड दिनेछ ।
कार्यक्रममा बोल्दै सुम्निखिमका केन्द्रीय सल्लाहकार रसिक किरातले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै स्तरमा शिक्षाले विद्यार्थीको नैसर्गिक ज्ञान, सिप र सिर्जनाको सम्भावना संवोधन गर्ने पाठ्यक्रम नभएकोले सुम्निखिमले मातृभाषाको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्दा पहिचानको जगमा सिप, सिर्जना र सांस्कृतिक उन्नयनको आत्मलाई आत्मसात गरेर काम गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे । उनले मातृभाषाको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्दा शिक्षाले विद्यार्थीको भित्री अथाह सम्भावनालाई कुँज्याएर केवल कारिन्दा उत्पादन गर्ने कारखानाको रूपमा काम गरिरहेको अवस्थालाई ध्यानमा राख्नु पर्ने आवश्यकता औँल्याए । राष्ट्रिय पाठ्यक्रमको वैकल्पिक पाठ्यक्रम बनाउन नसकिए पनि मातृभाषाको शैक्षिक कार्यक्रम निर्माण गर्दा जति सकिन्छ सुधारोन्मुख हुनुपर्ने भाव व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?