प्रधानमन्त्री देउवाद्वारा महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त

`

     २०७९ भाद्र २४ गते ११:००

काठमाडौँ, भाद्र २४ । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजाबेथ द्वितीयलाई नेपालले सधैं सम्झिइरहने बताएका छन् । प्रधानमन्त्री देउवाले महारानी एलिजाबेथको निधनप्रति दुस्ख व्यक्त गर्दै नेपाल र नेपाली नागरिकले एक ठूलो प्रशंसक गुमाएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा बेलायती शाही परिवारप्रति समवेदना प्रकट गर्दै भनेका छन्, महारानी एलिजाबेथ द्वितीयले कर्तव्य, सम्मान र सेवाले नै आफैलाई प्रतिष्ठित बनाउनु भएको थियो । अन्य संस्कृति तथा मानवताप्रति अनुग्रह, सादगी र सम्मान व्यक्त गर्ने गुणले नै महारानीलाई नेपाली नागरिकले श्रद्धापूर्वक सम्झिइरहनेछन् ।

त्यस्तै प्रधानमन्त्री देउवाले सन् १९६१ र १९८६ मा भएको महारानीको राजकीय भ्रमणलाई पनि नेपालले सम्झिइरहने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?