राष्ट्रिय सभा अन्तर्गत रहेका विषयगत समितिका सभापतिका लागि मनोनयन दर्ता भयो

`

     २०७९ भाद्र २२ गते १:१३

काठमाडौं, भदौ २२ । राष्ट्रिय सभा अन्तर्गत रहेका विभिन्न विषयगत समितिका सभापतिका लागि मनोनयन दर्ता भएको छ ।

बुधबार विभिन्न ४ समितिका सभापतिका लागि मनोनयन दर्ता भएको र बिहिबार बस्ने समितिको बैठकले पारित गर्ने राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले बताए ।

दिगो विकास तथा सुशासन समिति सभापतिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समिति सभापतिमा डा। बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापतिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिल कुमारी रावल थापा पार्वतीको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?