आज नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले घट्यो

`

     २०७९ भाद्र २२ गते १२:११

काठमाडौं, भदौ २२ । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ । आइतबारदेखि तीन दिनसम्म लगातार बढेको सुनको मूल्य आज अर्थात् बुधबार प्रतितोला एक हजार रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदी प्रतितोला ११ सय २५ रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?