सुनको मूल्यमा वृद्धि

`

     २०७९ भाद्र २१ गते ११:०६

काठमाडौं, भदौ २१ । आज नेपाली बजारमा पछिल्लो दिनमा सुनको मूल्य बढ्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार तेस्रो दिन सुनको मूल्य बढेको जनाएको छ । महासंघले साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको जनाएको थियो । यस्तै, सोमबार १०० रुपैयाँले सुनको मूल्य आज मंगलबार थप ३०० रुपैयाँले बढेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार २०० रुपैयाँ थियो ।

सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ११ सय २५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?