उत्तर प्रदेशको राजधानी लखनऊको लेभाना होटलमा सोमबार आगलागी हुँदा कम्तीमा २ जनाको मृत्यु

`

     २०७९ भाद्र २० गते २:०२

एजेन्सी, भदौ २० । उत्तर प्रदेशको राजधानी लखनऊको हजरतगञ्ज क्षेत्रमा रहेको लेभाना होटलमा सोमबार आगलागी हुँदा कम्तीमा २ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

होटलमा धेरै मानिस फसेका आशङ्का गरिएको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा उद्धार जारी छ ।

यसैबीच, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले तदारूकताका साथ उद्धारमा लाग्न तथा घाइतेहरूलाई प्राथमिकताका साथ उपचार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।

जिल्ला प्रशासनका अधिकारीहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरूलाई घटनास्थलमा पुगेका तथा त्यहाँ राहत एवम् उद्धारका काममा समन्वयगरिरहेका मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?