आज सुनको मुल्यमा वृद्धि

`

     २०७९ भाद्र २० गते ११:४५

काठमाडौं, भदौ २० । आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढ्दै ९३ हजार ७ सय रुपैयाँ पुगेको हो ।

यस्तै तेजावी सुनको मूल्य पनि आज तोलामा एक सय रुपैयाँले नै बढ्दै ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्र बढ्दै एक हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?