काठमाडौँ, भदौ १९ । पोखराबाट जोमसोमका लागि उडेको समिट एयरको विमानलाई आकस्मिक अवतरण गरिएको छ ।
प्राविधिक समस्या देखिएपछि पोखरा विमानस्थलमो नै अवतरण गरिएको हो । विमान उडेको ५–७ मिनेटमै समस्या देखिएपछि पोखरामै अवतरण गरिएको पोखरा विमानस्थलले जनाएको छ ।
विमानस्थल स्रोतका अनुसार विमान उडेको ५–७ मिनेटमै पाइलटले केही प्राविधिक समस्या आएको भनी बताएका थिए ।
विमानमा १८ जना यात्रु रहेको र समस्याको आएर चेकजाँच गरेपछि पुनः उडान गर्ने बताएको छ ।



