युएईमा पुगेका नेपाली कामदारमध्ये १ वर्षमा १७४ जनाको मृत्यु

`

     २०७९ भाद्र १७ गते १:५४

काठमाडौँ, भदौ १७ । वैदेशिक रोजगारीको सिलसिलामा खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका नेपाली कामदारमध्ये एक वर्षमा १७४ जनाको मृत्यु भएको छ । युएईस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८–७९ मा उनीहरुको त्यहाँ मृत्यु भएको हो ।

मृत्यु भएकामध्ये १६७ जना शव नेपाल पठाइएको र ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको दूतावासले जनाएको छ । सोही वर्ष वैदेशिक रोेजगारीका क्रममा युएईमा मृत्यु र घाइते भएकाहरुले ३२ लाख ७५ हजार ७६३ युएई दिराम ९करिव ११ करोड ४० लाख ९७ हजार १७७ रुपैयाँ० क्षतिपूर्ति वापत प्राप्त गरेको जानकारी दूतावासले दिएको छ । दूतावासका अनुसार क्षतिपूर्ति वापात प्राप्त रकम सम्बन्धीत पीडितको परिवारलाई उपलब्ध गरिएको छ । युएईमा तीन लाखभन्दा बढी नेपाली कामदार रहेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?