काठमाडौं, भदौ १७ । आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय रुपैयाँ घटेको हो।
बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ११ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ११ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला पाँच रुपैयाँ बढेको हो ।




