अस्कर अवार्ड मा सहभागिताका लागि नेपाली फिल्मको आवेदन खुला

`

     २०७९ भाद्र १६ गते १२:०६

काठमाडौँ, भदौ १६ । ९५औं संस्करणको ‘एकेडेमी अफ मोशन पिक्चर आर्टस्न्ड साइन्सेस (अस्कर अवार्ड)  मा सहभागिताका लागि नेपाली फिल्मको आवेदन खुला भएको छ । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले बिहीबार एक विज्ञप्ति जारी गर्दै अवार्डको आवेदन खुला भएको बताएको हो ।

अस्करमा आफ्नो फिल्म पठाउन इच्छुक नेपाली फिल्मकर्मीले भदौ १६ गतेदेखि ३० गतेभित्र नेपालको अस्कर कमिटीलाई फिल्म बुझाउन सक्नेछन् ।

९५औं अस्कर अवार्ड २०२३ मार्च १२ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा प्रदान गरिने आयोजकले जनाएको छ । हरेक वर्ष फेब्रुअरीमा हुँदै आएको ‘अस्कर अवार्ड’ कोरोना महामारीका कारण गत वर्ष
२ महिना पछाडि धकेलिएको थियो ।

अघिल्लो वर्षहरुमा झैँ यो साल पनि फिल्म हलसँगै स्ट्रिमिङ साइटमा रिलिज भएका फिल्मले अवार्डमा सहभागिता जनाउन सक्नेछन् । योसँगै महामारीका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेका फिल्मले पनि अस्करमा सहभागिता जनाउन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?