५० चित्रकारले कोरेका चित्रको प्रदर्शनी 

`

     २०८० फाल्गुन ०८ गते २:५९

काठमाडौं, फागुन ८ । काठमाडौंको आर्ट काउन्सिलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी जारी छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार उक्त चित्रकला प्रदर्शनीको उद्घाटन गरेका थिए।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको सो प्रदर्शनीमा विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्रहरू समावेश गरी प्रदर्शनी गरिएको छ। काठमाडौंको आर्ट काउन्सिलमा जारी प्रदर्शनी फागुन १७ गतेसम्म चल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?