बालेनले टुकुचा सुरूङ उत्खनन् गर्न नपाउने पुरातत्व विभागको निष्कर्ष

`

     २०७९ कार्तिक ०६ गते ७:४७

काठमाडौं, कार्त्तिक ६ । पुरातत्वविद् भाष्कर ज्ञवालीको संयोजकत्वमा बनेको विज्ञ समितिले टुकुचाको संरक्षण गर्नुपर्ने भनी प्रतिवेदन बुझाएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिएका छन् । ‘समितिले बुझाएको प्रतिवेदनमा महानगरले टुकुचा सुरूङ उत्खनन् गर्न नपाउने र त्यसलाई संरक्षण गर्नुपर्ने जनाइएको छ’, उनले भने। उनका अनुसार समितिले हाल टुकुचा संरक्षण गर्नुपर्ने उल्लेख गरेको छ। यसकारण अब काठमाडौं महानगरले डोजर लगाउँदै आएको टुकुचा सुरूङ उत्खनन् गर्न नपाउने पुरातत्व विभागले ठहर गरेको हो।

‘टुकुचा सुरूङ राणाकालीन समयमा बनेको संरचना हो,’ ज्ञवालीले भने, ‘हाल उक्त संरचना संरक्षण गर्नुपर्छ। अझ यसको थप विस्तृत अध्ययन गर्नुपर्छ।’महानगरले डोजर चलाएका सबै ठाउँको स्थलगत भ्रमण गरी भौतिक अध्ययन गरेको थियो।

सय वर्षभन्दा पुरानो पुरातात्विक सम्पदा कसैले पनि भत्काउन(बिगार्न नपाइने कानुनविपरीत काठमाडौं महानगरपालिकाले जथाभावी डोजर चलाउन थालेपछि पुरातत्व विभागले विज्ञ समिति गठन गरेर अध्ययन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?