आज नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले घट्यो

`

     २०७९ भाद्र १६ गते ११:५२

काठमाडौं, भदौ १६ । सुनको मूल्य लगातार आठौं दिनमा पनि घटेको छ । गतेबाट घट्न थालेको मूल्य बिहीबार पनि निरन्तर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार १००, तेजावी सुनको ९२ हजार ६०० कायम भएको छ ।

यस्तै चाँदीको प्रतितोला मूल्य ११ सय रुपैयाँमा आइपुगेको छ । बुधबार ९४ हजार रुपैयाँमा छापावल, ९३ हजार ५०० र चाँदीको मूल्य ११ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?