इराकको राजधानीमा हिंसात्मक झडप हुँदा कम्तीमा २० जनाको मृत्यु

`

     २०७९ भाद्र १४ गते १:०७

काठमाडौँ, भदौ १४ । इराकको राजधानी बग्दादमा कम्तीमा २० जनाको मृत्यु भएको छ । सोमबार शित्ते धार्मिक नेता मोक्तदा अल साद्रका समर्थक र सरकारी सुरक्षाकर्मीबीच भएको झडपमा २० जनाको मृत्यु भएको इराकी न्युज एजेन्सीले बताएको छ ।

अल साद्रले राजनीति छाड्ने घोषणा गरेपछि उनका समर्थकहरू हिंसात्मक प्रदर्शनमा उत्रिएका हुन् । सोमबार ७ वर्षयताकै सबैभन्दा ठूलो हिंसात्मक प्रदर्शन भएको बताइएको छ । साद्रका समर्थकले इराकी राष्ट्रपति भवनसमेत कब्जा गरेका थिए ।

सन् २००३ पछि इराकमा साम्प्रदायिक संघर्ष चर्कंदै आएको छ । हालै अन्तरसाम्प्रदायिक र अन्तरजातीय राजनीतिक प्रतिस्पर्धाले पनि संघर्ष चर्किंदै गएको बताइन्छ ।

साद्र अक्टोबरमा भएको चुनावमा विजयी भएका थिए । उनी इरानसमर्थित समूहभन्दा बाहिरको समर्थनबाट सरकार बनाउन चाहन्थे । तर उनी सरकार बनाउन भने असफल भएपछि उनले राजनीति छाड्ने घोषणा गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?